भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
आदिवासी जनजाति महासंघ पोर्तुगलको तेश्रो अधिवेशन सेप्टेम्बर १३ शनिबारका दिन हुने भएको छ।
योगेन्द्रमिलन छन्त्याल, लिस्बन । अधिवेशनमा दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनसहित कार्ययोजना निर्माण गर्ने बताइएको छ।
अजम्बर काङमाङ, राजेन्द्र श्रेष्ठ, आङकाजी शेर्पा, पीजी शेर्पालगायतका जनजाति नेताहरुले कार्यक्रममा शुभकामना दिने छन् । कार्यक्रममा जनजातिहरुको पहिचान झल्काउने साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने छन् ।
दिनको २.०० बजेदेखि रुवा दोस आन्जुस ६३ मा ‘घोषणा तथा शुभकामना सत्र शुरू हुने छ । महासंघले पोर्तुगलमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरिदिन साथै जनजातिहरुलाई आ-आफ्नो जातीय भेषभूषासहित कार्यक्रममा उपस्थित भइ भव्य रुपमा सफल पार्न सहयोगको अपेक्षा गरेको छ ।
‘नयाँ पुस्ता’ लाई सम्मान
पोर्तुगलमा रहेका १० वर्षभन्दा कम उमेरका नेपाली बालबालिकालाई ‘संघीय गणतान्त्रिक नेपालका नयाँ पुस्ता’का रुपमा अतिथिहरुबाट सम्मान गरिने छ । महासंघ अध्यक्ष दावा साङ्गे पाख्रिनका अनुसार यी बालबालिका द्रुततर विकासको फड्को मार्दै रहेको स्वाभिमानी नेपालका भाग्यमानी नागरिक बन्नेछन् । बालबालिकासँग विकसित नेपालको कल्पना गरिनेछ ।
प्रवासमा रहेका यी कलिला नानीहरुले देशमै फर्केर आफ्नो रगत, पसिना र परिश्रमको लगानी गर्नेछन भनेर कामना गरिने छ । १० वर्षसम्म उमेरका बालबालिका लिएर कार्यक्रममा आउनुहुन सबै अभिभावकहरुलाई महासंघले अनुरोध गरेको छ।