चार हात चार खुट्टा, सबैतिर अंग नै अंग

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
एजेन्सी । अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वी गाउँमा एउटा अनौठो बच्चा जन्मिएको ३ महिना भयो । उक्त बच्चाका ४ हात छन् भने ४ खुट्टा । 

तीन महिना पुगिसक्दा पनि बालकको स्वास्थ्य भने राम्रै रहेको चिकित्सकहरुले बताएका छन् । नाबिङ्गो गाउँमा जन्मेका ती वालकको नाम पल मुकिसा हो । 

४ हात र ४ खुट्टा सहितका मुकिसालाई जन्माएपछि उनका बाबु र आमा हतारिएर नजिकैको जिल्ला अस्पताल पुगेका थिए । तर त्यहाँका चिकित्सकहरुले आफूहरुले केही गर्न नसक्ने भन्दै राजधानी कम्पालामा रहेको मुलागो अस्पताल पठाइदिए । 

कम्पालाको मुलागो अस्तापलमा भने चिकित्सकहरुले बच्चाको समस्या पत्ता लगाए । खासमा जुमल्याहा जन्मिनु पर्नेमा एउटा मात्र बच्चा जन्मिँदा यस्तो भएको थियो ।चिकित्सकहरुले उनको शरीरमा रहेका परजीवि जुम्ल्याहा लक्षणहरु हटाइदिएका छन् । अहिले उनका चार हात मध्ये २ हात र ४ खुट्टा मध्ये २ खुट्टा पनि हटाइएको छ ।
भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।