भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
बलिउड चलचित्रमा जुनियर कलाकारका रुपमा काम गरिसकेकी नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर मुम्बई प्रहरीले इलाहाबादबाट बरामद गरेको थियो । मिनाक्षी थापालाई मुम्बईबाट इलाहाबाद लगेर हत्या गरिएको थियो। हत्यापछि आरोपीहरूले पहिचान लुकाउन मिनाक्षीको टाउको काटेर फालेका थिए । बाँकी शरीर पानीको ट्याङ्कीमा फ्याकेका थिए। मुम्बई प्रहरीको क्राइम ब्रान्चले मिनाक्षीको हत्याको आरोपमा एक जना जुनियर कलाकार अमित जयसवाल र मोडल प्रीति सुनीलाई पक्राउ गरेको थियो । दुई आरोपीले फिरौती लिनका लागि मिनाक्षीको हत्या गरेका थिए । मिनाक्षी धनी परिवारसँग सम्बन्धित भएको विश्वास उनीहरुले गरेका थिए । त्यसपछि दुवैले मिनाक्षीलाई भोजपुरी चलचित्रमा काम दिलाउने लोभ देखाएर इलाहावाद लगी त्यहीँ हत्या गरेका थिए।



