भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
नेपाली जनताले संविधान सभामार्फत नेपालमा सदियौंदेखि विद्धमान सामन्तवादी केन्द्रिकृत सत्ताको पूर्ण रुपमा अन्त्य गरी राज्यको केन्द्रिकृत सत्तालाई समुदायमा हस्तान्तरण गर्ने, जातीय पहिचान र अग्राधिकार सहितको स्वायत्त राज्यको स्थापना ,राज्यवाट क्षेत्रीय उत्पिडनमा परेका भागलाई क्षेत्रीय स्वायत्तता, हिन्दुवादी राज्यको शोषणवाट दोहोरो उत्पिडनमा परेका महिलाहरुलाई विशेषाधिकारको ग्यारेन्टी, दलित तथा अन्य विलोपीकरणको अवस्थामा रहेका समुदायलाई विशेषाधिकारको ग्यारेन्टी सहितको नयां संविधानको अपेक्षा गरेका थिए ।
सामूहिकता भन्दा बाहिर गएर संविधान सभाको विघटन, चार वर्षसम्म संविधान सभालाई संविधान निर्माणमा नलगाई सरकार निर्माण र विघटनमा मात्र केन्द्रित गर्ने,शान्तीको नाममा संघीयता प्रेमी शक्तिहरुलाई छिन्नभिन्न पार्ने र अन्त्यमा नेपाली जनताको हितमा संविधान बन्न नदिइ संविधान सभालाई नै विघटन गर्ने सबै प्रकृया देखेका नेपाली जनताले फेरी सम्पन्न हुने संविधान सभाको औचित्य के भन्ने पुष्टी नगरी संविधान सभाको निर्वाचन घोषणा हुनुले मुलुकलाई फेरी पुरानै प्रकृयामा फर्काउन खोजेको छ । यी सवै जनविरोधी हर्कतहरुको हामी भ्रत्सना गर्दछौं ।
संघीयता र गणतन्त्रको पक्षमा संविधान सभामा बहुमत सदस्यहरु हुंदा हुंदै पनि नेपाली जनताले पराजित गरिसकेका प्रतिगमनकारीहरुको जनविरोधी हर्कतलाई प्रमुख मुद्धा बनाइ संविधान सभानै विघटन हुनु पछाडीको प्रमुख कारण वैदेशिक हस्तक्षेप र नेपालका प्रमुख राजनैतिक दलहरुमा देखिएको प्रतिगमनकारी प्रवृत्ति, वैचारिक विचलन, अकर्मन्यता र सबैको पक्षमा भन्दै जनविरोधी कार्यमा संलग्न हुनाको परिणाम नै हो र यसका विरुद्ध नेपाली जनताले फेरी संघर्ष गर्नु बाहेक विकल्प छैन ।
नेपाली जनताको आवस्यकता र चाहनालाई संवोधन गर्ने राज्यको स्थापना गर्ने संयन्त्र निर्माण गर्न र सामुहिकतामा भर गर्ने प्रणालीको विकास गर्न नेपालका सवै राजनैतिक दलहरुलाई हामी यसै विज्ञप्ति मार्फत आव्हान गर्दछौं । नेपाली जनताको संघर्षमा सदैव हाम्रो ऐक्यवद्धता रहने कुरा पनि जाहेर गर्दछौं । साथै यी सबै विषयवस्तुहरुलाई विस्तृत रुपमा समेटेर यही जुन ५ तारिख मंगलवारका दिन ठिक १६:०० बजे नेपाली दूतावास बेल्जियम मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै नेपालका राजनैतिक दलहरुलाई सचेत गराइने कार्यक्रम रहेकाले उक्त मिति र समयमा बेल्जियम स्थित संघीयता र गणतन्त्रप्रेमी नेपाली संघसंस्थाका नेतृत्व तथा प्रतिनिधी मित्रहरु,सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र पत्रकार मित्रहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
मेख गुरुङ्ग
संयोजक
नेपाली आदिवासी जनजाती संयुक्त संघर्ष समिती, बेल्जियम
मिति जेष्ठ १६ २०६९
मे ३० २०१२



