खेलाडीहरु संगठित भैदिनु हुन युरो नेपाल खेलकुद संघ बेल्जियमको आव्हान

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।

प्रवासमा छरिएर रहेका संपूर्ण खेलप्रेमी  नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एवम संपूर्ण नेपाली खेलाडी हरुलाई एक जुट बनाई एकआपसमा सद्भाव र हातेमालो गर्दै खेलकुद क्षेत्रको बिकासमा अघी बढ्ने प्रतिबद्दता अनुरुप  बेल्जियमबासी संपूर्ण खेलाडीसाथी हरुलाई एकजुट भैदिनुहुन युरोनेपाल खेलकुद संघ बेल्जियमले आव्हान गर्दछ ।
बेल्जियममा छरिएर रहेका सपूर्ण खेलाडीसाथी हरुलाई एक जुट बनाउने उदेश्यका साथ स्थापित युरोनेपाल खेलकुद संघ बेल्जियमले नेपाल र नेपालीको खेल क्षेत्रमा बेल्जियम बाट सक्दो सहयोग पुर्याउने र बेल्जियम बासी नेपाली खेलाडीहरु लाई एकजुट बनाइ खेल क्षेत्रबाट बेल्जियम सँग नेपालको प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उदेश्य रहेको र यस अभियानमा संपूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एवम संपूर्ण नेपाली खेलाडीसाथीहरुको साथ र सहयोग मिल्नेमा युरोनेपाल खेलकुद संघ बेल्जियम आशावदी रहेको जानकारी गराउन चाहन्छौ ।   


बेल्जियममा रहेको बाक्लो नेपाली बस्ती र यहाँ हुर्कदै बढ्दै गरेका नेपाली बालबालिकाहरुको खेल क्षेत्र प्रतिको चासो र जिज्ञासालाई मध्यनजर गर्दै स्वस्थ नेपाली समाजको निर्माणमा अघी बढ्न बेल्जियमबासी नेपाली समुदायलाई अनुरोध गर्दै खेलकुद संघ बेल्जियमले आयोजना गरेका हरेक कार्यक्रमहरुमा साथ सहभागिता र सहयोगको सदैव अपेक्षा गर्दछौ । 

साथै बेल्जियममा आयोजना गरिने हरेक नेपाली खेलकुदका कार्यक्रमहरुमा हरेक संघ सस्थाहरु सँग सहकार्य गरेर अघी बढ्न युरोनेपाल खेलकुद संघ बेल्जियम तम्तयार रहेको जानकारी गराउदै खेलकुद क्षेत्रलाई अघी बढाउन यस सस्थालाई साथ र सहयोगका हातहरु बढाउन बेल्जियम स्थित नेपाली संघ सस्थाहरुलाई हार्दिक अनुरोध समेत गर्दछौ ।

निमन्त्रणा 

युरो नेपाल खेलकुद संघ बेल्जियमको यही मिती मे २१ तारिकका सोमवार आन्तवेर्पेनमा हुन गैरहेको बैठकमा सहभागि भैदिनुहुन संपूर्ण खेलप्रेमी दाजुभाइ दिदिबहिनी एव खेलाडी साथीहरुमा हार्दिक अनुरोध गर्दछौ ।

उक्त बैठकले आगामी सस्थाका भावी कार्यक्रमहरुका बारेमा छलफल गर्ने तथा  बेल्जियममा भलिबल प्रतियोगिता र फुटबल प्रतियोगिता आयोजना कहाँ र कहिले गर्ने भन्ने संबन्धमानिर्णय गर्ने छ । साथै नेपाली बालबालिकाहरु लाई फुटबल तालिम दिने सम्बन्धमा थप कार्यक्रमहरुको तर्जुमा गर्नेछ ।   
तसर्थ निम्न स्थान र मितीमा संपूर्ण खेलप्रेमी दाजुभाइ दिदिबहिनी एवम खेलाडी साथी हरुलाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौ । 
  
समय : दिउसो २ बजे 
मिती : May 21 2012 (Monday)
स्थान : Statiestraat-37 2018 Antwerpen 
Dragan ook susi Resturent, Near Central Station Anwerpen

महसचिब                                                                                               अध्यक्ष  
जिके सुबेदी ( दिपक )                                                                           किसन केसी 
भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।