संग्रहालयमा आगजनी र सांघातिक आक्रमणप्रति संयुक्त संघर्ष समितिको भ्रर्त्सना

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।

थारुहट संयुक्त संघर्ष समितिको प्रेस वक्तव्य
मिति २०६९/१/२६
बाह्मण क्षेत्री समाज जिल्ला कार्य समिति नवलपरासीको संयोजकत्वमा र्‍याली प्रदर्शन गर्दै बुटवल जाने क्रममा नवलपरासीको डण्डामा अवस्थित आदिवासी भुमिपुत्र थारु जातिको ऐतिहासिक थारु संग्राहलयमा बाह्मण क्षेत्री समाजबाट नियोजित रुपमा आज गरिएको आगजनी र थारुहरुमाथि भएको सांघातिक आक्रमणप्रति थारु संयुक्त संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।

संघीय नेपालमा जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमको आधारमा आत्मनिर्णयको अधिकार सहित स्वायत्त थरुहटथारुवान प्रदेश स्थापनार्थका लागि समग्र आदिवासीहरु सशक्त अनवरत रुपमा सघर्षरत रहेको अवस्थामा थारु समुदायको ऐतिहासिक यस संग्रहालयमा गरिएको आगजनी र थारुहरुमाथि भएको सांघातिक आक्रमणप्रति हामी खेद व्यक्त गर्दै घोर भत्स्रना गर्दछौं ।

थारु संग्राहलयमा बाह्मण क्षेत्री समाजबाट षड्न्त्रमूलक तवरबाट गरिएको आगजनीबाट संग्राहलयमा रहेका पुरातात्विक सामरिक तथा ऐतिकासिक महत्वका सम्पूर्ण दस्तावेज एवं संग्रहहरु सहित ५ वटा मोटरसाईकल र १० वटा साईकल पूर्ण रुपमा जलेर ध्वस्त हुनुको साथै संग्रहालयमा रहेका थारुहरुमाथि भएको सांघातिक आक्रमणले शख्त घाईते भएका छन् ।

यस किसिमको गलत कार्यमा संगलग्न दोषीहरुको अविलम्ब छानबिन गरी दोषीहरुलाई  पक्राऊ गरी दोषी माथि कडा भन्दा कडा कार्वाही समेत गर्दै जलेर ध्वस्त भएका सम्पूर्ण भौत्तिक तथा संग्रहालयमा रहेका पुरातात्विक सामरिक तथा ऐतिहासिक महत्वका सम्पूर्ण दस्तावेज एवं संग्रहका सम्पत्तिहरुसहित घाईतेहरुको औषधोपचारका लागि उचित क्षतिपूर्ती उपलब्ध गराउनका लागि हामी नेपाल सरकारसंग अनुरोध गर्दछौं ।

हाम्रो यस अनुरोधलाई नजर अन्दाज गर्दै मागहरुप्रति वेवास्ता गरिए हामी सशक्त संघर्षमा होमिन बाध्य हुनेछौं । जसको परिणामबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी नेपाल सरकारको हुने छ ।

थारु कल्याणकरी सभा
थरुहट तराई पार्टी नेपाल
नेपाल लोकतान्त्रिक थारु संघ
थारु आदिवासी गैसस महासंघ
थारु महिला समाज
नेपाल लोकतान्त्रिक समाजवादी दल
थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल
पूर्वी थारुवान कोचिला राज्य संयुक्त संघर्ष समिति
थारु महिला जागरण केन्द्र
बर्दियाली थारु विकास मञ्च

भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।