भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
प्रेस विज्ञप्ति
हत्याको अभियोगमा विगत नौ (९) वर्षदेखि यूएइ जेलमा रहेका ३४ वर्षिय अमरबहादुर बम को जीवन रक्षाका सम्बन्धमा 'सोलीडारिटी ट्रष्ट नेपाल' को गम्भीर ध्यानाकर्षण भएको छ ।
भारतीय नागरिक शरद सेट्ट्ठीको हत्याका मुख्य अभियूक्त भनिने मनोज मुदाना र करनसिंह राजपूतको गाडी चलाएकै कारण अमरलाई सो हत्याको अभियूक्त ठानी मृत्यूदण्डको घोषणा गरिनुले संसारभरिका नेपालीलाई मर्माहत तुल्याएको छ । सेट्ट्ठीको हत्याका अभियूक्त द्धयको बयानमा “चालक अमरलाई मार्ने योजना थाहा नभएको” कुरा प्रष्ट हुँदाहुँदै पनि अमर बमलाई मृत्यूदण्डको फैसला दिइएकोले सो सम्बन्धि पुर्नविचार गर्न यूएइ सरकार अविलम्ब कदम चालोस भन्ने अनुरोध गर्न चाहान्छौं ।
मृत्यूदण्डको फैसला कार्यान्वयन गर्न नदिन र उनको जीवन रक्षा गर्न संसारभरीकै नेपालीहरुको आत्मीय ऐक्यवद्धता जुट्न अझ जरुरी भएको स्मरण गराउन चाहान्छौ । अमरको जीवन रक्षाका लागी दार्चुलाबाट काठमाडौ आएकी उनकी पत्नी धनमती र वावु कर्णबहादुरलाई तत्काल सहानुभुती दिन तथा नेपाल सरकारका तर्फबाट मृत्यूदण्ड कार्यान्वयन रोक्न शिघ्र प्रक्रिया चालियोस भन्ने अनुरोध गर्न चाहान्छौं ।
नीलकण्ठ तिवारी
अध्यक्ष
सोलीडारीटी ट्रष्ट नेपाल
९७५१०६०५५७



