भिडियो हेर्नका लागि विज्ञापनमा एक क्लिक् गरेर हटाउनु होला, अनि प्ले गर्नुहोला ।
नेपाल आदिवासी जनजाति महासंघको
प्रेस विज्ञप्ति
जेठ १, २ र ३ गते नेपाल बन्दको सट्टा जेठ ७, ८ र ९ गते ३ दिने देशव्यापी आमहडताल/नेपाल बन्द घोषणा
नेपाल आदिवासी जनजाति महासंघले आव्हन गरेको २०६९ जेठ १, २ र ३ गते नेपाल बन्दको सट्टा २०६९ जेठ ७, ८ र ९ गते ३ दिने देशव्यापी आमहडताल/नेपाल बन्द घोषणा गरिएको व्यहोरा महासंघका संम्पूर्ण ५६ जातिय संगठन, ८ सम्बन्धन संगठन, ७१ जिल्ला समन्वय परिषद र २५०० गाउ“ समन्वय परिषद तथा सर्वसाधारणलाई यसै विज्ञप्ती मार्फत जानकारी गराउदछु । सर्वसाधरण जनताको जानकारीको लागि आम संञ्चार माध्यमहरुले यो प्रेस विज्ञप्तिबारे व्यापक समाचार प्रसार प्रचार गरिदिन भई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
राजकुमार लेखी थारु
अध्यक्ष



